सिन्धुपाल्चोक, चैत २७ – “आशा जगाऔं, जीवन बचाऔं” भन्ने नाराका साथ चौतारा साँगाचोकगढी नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मनोसामाजिक समस्या भएका व्यक्ति र सरोकारवालाहरूबिच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा मनोसामाजिक समस्याका कारण पीडित बनेका व्यक्तिहरूको अवस्था, उनीहरूको समुचित व्यवस्थापन तथा आवश्यक सेवा-सुविधा उपलब्ध गराउने विषयमा सरोकारवालाबीच छलफल गरिएको थियो।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर उप–प्रमुख सिता थापाको विशेष उपस्थिति रहेको थियो। उनले मानसिक स्वास्थ्यको संवेदनशीलता र स्थानीय सरकारको भूमिकाको बारेमा धारणा राख्दै, यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा प्रशिक्षक लिल प्रकाश चन्दले मानसिक स्वास्थ्य सम्बन्धी जानकारी, मनोसामाजिक समस्याको पहिचान, व्यवस्थापन र सहानुभूतिपूर्ण व्यवहारका बारेमा सहभागीहरूलाई प्रभावकारी प्रशिक्षण प्रदान गरेका थिए।
यस कार्यक्रमको आयोजना नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले गरेको हो। कार्यक्रममा मनोविमर्श कर्ता , स्थानीय जनप्रतिनिधि,तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्