२०८३ मंसिर १

युवराज दुलालले भने–नेकपाको जागरण अभियानको तयारी सकियो यस्तो हुन्छ अभियानमा

सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टीको जागरण अभियानको तयारी सिन्धुपाल्चोकमा सकिएको छ । नेकपाबाट सिन्धुपाल्चोक २ मा र्विाचनमा उम्मेदवार भएका सांसद युवराज दुलालले सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रको पॉचवटै पालिकाको तयारी बैठकमा सहभागि भइ राष्ट्रिय जागरण अभियानको तयारी बैठक सकिएको जनाएका हुन् । उनले पालिकाका केन्द्रहरु चौतारा, नवलपुर, मेलम्ची, तिपेनी र किउलबाट हुने सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।
१ नं. क्षेत्रका पनि सबै पालिका गरी १२ वटै पालिकाको यही मंसिर ५ गते एकैसाथ पालिकास्तरको राष्ट्रिय जागरण अभियान शुभारम्भ हुने र मंसिर २५ सम्म निरन्तर अभियान सन्चालन हुनेछ उनले उल्लेख गरेका छन् ।
यस अभियानमा पार्टी सदस्यता नविकरण र विस्तार, वडा भेला र अधिवेसन आयोजक समिति घोषणा स्थानीय निर्वाचनको प्रारम्भिक अनुमान र तयारी तथा सरकारका गतिबिधि र राष्ट्रिय विषयहरुमा आम नागरिकमा सुसूचित गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्