सिन्धुपाल्चोक, चैत २४ – सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को पहिलो दिन चौतारा साँगाचोकगढी नगरपालिका पदक तालिकामा शीर्ष स्थानमा रहेको छ।
चैत २४ गतेबाट चौताराको टुडिखेलमा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भयो। प्रतियोगिताको उद्घाटनको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले पानसमा दिप प्रज्वलन गरि गरेका थिए। खेलहरूको यो महोत्सवमा कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल र उसु विधाका खेलमा प्रतिस्पर्धा भैरहेको छ। प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहहरू सहभागी भइरहेका छन्।
प्रतियोगिताको पहिलो दिनको पदक तालिका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका ८ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै कुल १७ पदकसहित पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा ५ स्वर्ण, ५ रजत र २ कास्यसहित बाह्रविसे गाउँपालिका रहेको छ भने तेस्रो स्थानमा ३ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित जुगल गाउँपालिका रहेको छ।
प्रतियोगिता आगामी दिनहरूमा पनि जारी रहनेछ। आयोजक समितिका अनुसार प्रतियोगिताबाट जिल्लाभरका खेलाडीहरूबीचको आपसी सम्बन्ध, खेलकुदको स्तर वृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्