२०८१ श्रावण १२
                           

त्रिपुरा सुन्दरीको ‘आमा बचाऊ” अभियान प्रभावकारी बन्दै

जेठ ७, सिन्धुपाल्चोक । आर्थिक अभावका कारण उपचार गर्न नसकी कुनै पनि आमाहरूले अकालमा ज्यान गुमाउन नहुने धारणा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताए । धेरैजसो आमाहरूले आफ्नो रोगका बारेमा खुलेर भन्न नसक्दा अकालमा ज्यान गुमाएको अवस्था रहेको बताउदै गाउँपालिकाको अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘आमा बचाऊ” अभियान सञ्चालन गरेको अध्यक्ष बोहराले जानकारी दिए ।

यस कार्यक्रम अन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयम्सेविकाहरू मार्फत महिलाहरूको स्वास्थ्यको अवस्थाबारे बुझ्ने काम गरिन्छ । त्यसपछि वडास्तरीय स्वास्थ्य सेवा केन्द्र मार्फत स्त्री रोग सम्बन्धी स्क्रीनिङ र उपचार शिविरमा करीब ५ सय जना आमाहरूको सहभागिता रहेको थियो । शिविरबाट आङ खस्ने समस्याको अप्रेसन गर्नुपर्ने बिरामीको छनोट गरी काठमाडौँका विभिन्न अस्पतालसँग सहकार्य गरी निशुल्क रुपमा उपचार गर्ने गरिन्छ ।

आर्थिक स्थिति कमजोर भएका महिलाहरूलाई विशेष प्राथमिकता दिइएको छ । गत वर्ष आङ खस्ने समस्या भएका २१ जना आमाहरूको अप्रेसन गरेका थियो भने यसपटक २६ जना आमाहरूमध्ये १४ जनाको अप्रेसन सम्पन्न गरिसकेको र ४ जना आमाहरूको अप्रेसन प्रक्रियामा रहेको छ । त्रिपुरा सुन्दरी गाउँपालिकाले ‘आमा बचाऊ’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको हौ।

प्रतिक्रिया दिनुहोस्