चौतारा अस्पतालको आयोजनामा साँगाचोकस्थित श्री छिमी टाशि छिलिङ गुम्बाको प्राङगनमा निशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा ६ सय भन्दा बढि स्थानियहरुले सेवा लिएका थिए ।
इयोहो काभ्रे तामाङ गुठी, चौतारा साँगाचोक गढी नगरपालिका —११ ले शिविरको ब्यवस्थापन गरेका हुन् । प्रादेशिक अस्पताल चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्धमणि भण्डारीका अनुसार शिविरमा बाल रोग सम्बन्धि सेवा, प्र्रजन तथा स्त्री रोग सम्बन्धि सेवा, हाड जोर्नी तथा नशा रोग सम्बन्धि सेवा, आँखा परिक्षण, दन्त परिक्षण र सामान्य चिकित्सक सम्बन्धि सेवा प्रदा गरिएको थियो ।
नागरिकलाई घरदैलोमा सेवा पुर्याउने तथा स्क्रिनिङको रुपमा स्थानिय गुठीको सहकार्यमा शिविर गरिएको डा. भण्डारीले बताए ।
चौतारा अस्पतालका चिकित्सकहरुले सेवा प्रदान गरेका हुन् । शिविरमा जेष्ठ नागरिक, बालबालिका, महिला तथा पुरुषको उल्लेख्य सहभागिता थियो ।
गाउँमा नै स्वास्थ्य सेवा पाएकोमा स्थानियलाई सहज भएको गुम्बाका अध्यक्ष दिनेश लामाले बताए ।
प्रतिक्रिया दिनुहोस्