२०८१ श्रावण १२
                           

वुहानदेखि नेपालसम्मको कोभिड यात्रा

-भाषा सम्पादन: पूर्ण रावल

१) चीनको घटना:

गत वर्ष डिसेम्बर १० को मध्यान्हमा वुहान सहरको
५७ वर्षीय माछा व्यापारी महिला मिकु जियान खोकी र ज्वरोले सताएपछि अस्पताल जान्छिन ।

अस्पतालले रूघाखोकी र ज्वरोको अौषधी दिन्छ। उनी आफनै पसलमा फर्किन्छिन्। तर त्यसको ८ दिनपछी अर्थात १८ डिसेम्बर २०१९ को साँझ उनी बेहोस भएर पसलमै ढल्छिन्।

घटना भएको दुई हप्तासम्म पनि मिकु जियानलाई लागेको रोगको बारेमा केही पत्ता लगाउन सकिएको हुँदैन, बरू थप ४० जनामा त्यहि प्रकारको लक्षण र समस्या देखा परिसकेका हुन्छ ।

तत्पश्चात्, वुहानले यो अज्ञात रोगको विषयमा WHO लाई जानकारी गर्छ । ७ जनवरी २०२० मा WHO ले यसलाई नयाँ रोग भएको घोषणा गर्दै नाम दिन्छ- Novel Coronavirus- 2019 अर्थात COVID- 19

२) ईटलीको घटना:

३१ जनवरी २०२० रोम, इटलीको त्यो बिहानी, बुहानबाट घुम्न आएका दुई चाईनीज पर्यटकलाई चेकजाँकमा पहिलो पटक COVID 2019 पोजेटीभ देखिन्छ। ईटलीको लागि यो पहिलो केस थियो।

त्यसको ठिक एक हप्तापछि वुहानबाटै फर्केका एक इटालीयनमा पनि COVID-19 देखिन्छ। आजको स्थिती तपाईंलाई थाहै छ ।

३) भारतको घटना:

१ मार्च २०२० मा दुबईबाट मुम्बई आएका ५ जना भारतीय नागरिकहरूमा COVID-19 देखिन्छ।भारतका लागि यो पहिलो केस थियो।

४) नेपालको घटना:

२४ जनवरी २०२० जनवरीमा कोरियाबाट आएका एक नागरीकमा COVID-19 देखिन्छ। उनलाई निको हुन्छ। यो नेपालको लागि पहिलो केस थियो।

पून: २३ मार्च २०२० मा फ्रान्सबाट आएको एक बिधार्थीमा पून: COVID-19 देखिन्छ।

उल्लेखित देशको यथार्थ

नेपाल बाहेक माथिका तीनवटै देश हरेक दृष्टिकोणले सम्पन्न, सक्षम र शक्तिशाली छन् ।

स्वास्थ्य क्षेत्रको दृष्टिकोणले मूल्याङ्कन गर्दा पनि चीन र भारत एशियाकै सक्षम देशमा पर्दछन् । इटली त यूरोपकै उत्तम स्वास्थ्य व्यवस्था भएको देश हो।

COVID-19 का चरण:

COVID-19 लाई फैलाईको आधारमा चार चरणमा वर्गिकरण गरिएको छ।

१) पहिलो चरण- विदेशबाट आएकाहरूमा मात्र COVID-19 देखिने चरण ।

२) दोस्रो चरण- विदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID-19 देखिने चरण ।

३) तेस्रो चरण- कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID-19 देखिने चरण ।

४) चौथो चरण- महामारीको रूपमा देशभरी देखा पर्ने चरण !

अवस्था:

चीन करिवकरिव कोरोना मुक्त हुने अवस्थामा छ । इटली चौथो चरणमा गुज्रीरहेको छ भने छिमेकी मुलुक भारत तेस्रो चरणमा प्रवेश गर्दैछ। नेपाल पहिलो चरणमा छ।

गल्ती:

१) चीन: भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै करिव तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

२) इटली: भाइरसको बारेमा इटलीलाई पूरा जानकारी थियो । एशियामा फैलिएको हो, हामी यूरोपमा हामी छौँ भन्ने नै इटलीको भ्रम रह्यो । आम नागरिकले सजगता र सरकारी निर्देशनको सहि पालना गरेनन्। फलत: पहिलो चरणमै Corona रोक्ने क्षमता भएको ईटली वेवास्ता र हेलचेक्र्याईंको कारण एकाएक चौथो चरणमा पुग्नु पर्यो।

३) भारत: भाइरसको विषयमा भारतलाई सबै जानकारी भैसकेको थियो । भारत रोकथामका लागि प्रयासरत पनि छ। तर इटलीका जनताले झैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईंको कारण भारत तेस्रो चरणमा पुगेको छ।

४) नेपाल: भाइरसको विषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै कोरोनालाई रोक्न सकिन्छ ।

वर्तमान परिस्थिती:

चौथ चरण भएर गुज्रीएको चीन र इटलीको COVID-19 ल्याएको अवस्था वर्णन नै गर्न नसकिन खालको छ। अर्थात् भयावह छ। त्यो तपाईं हामीले सोचेभन्दा १०० गुणा भयानक छ।

समीक्षा:

चौथो चरण त धेरै परको कुरा हो, हामीलाई दोस्रो र तेस्रो चरणसँग भिड्न समेत धेरै नै गाह्रो हुनेछ। त्यसैले हामीले COVID-19 लाई पहिलो चरणमै पराजीत गर्नु बुद्धिमानी हुनेछ। हामीले सामाजीक दूरी कायम गर्न सक्यौँ भने यो सोचे भन्दा सजिलो पनि छ।

निचोड:

१) लकडाउन र कर्फ्यूको पालन गर्ने ।
२) घरबाट बाहिर ननिस्कने।
३) बेलाबेला हात धोइरहने ।
४) मास्कको प्रयोग गर्ने ।
५) सहि सूचना मात्र लिने र दिने ।
६) भिड र हुलबाट टाढा रहने l
७) खोक्दा, हाच्छ्यूँ गर्दा मुख छोप्ने ।
८) COVID-19 लक्षण देखिएमा ११८० मा कल गर्ने !

प्रतिक्रिया दिनुहोस्