स्थानिय बाल अधिकार समितिको काम,कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण हेलम्बु ७ चनौटेमा सम्पन्न भएको छ । स्थानिय बालअधिकार समिति हेलम्बु गाउँपालिकाको आयोजना,चाइल्ड नेपालको साझेदारी र भिसेन्ट फेररको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्धेश्यबारे चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले हेलम्बुमा बाल अधिकार र बालबालिका सँग सम्बन्धीत कस्ता घटना हुन्छन रुके कारणले घटना घटिरहेका छन् रु यस्लाई र्निमुल बनाउन के गर्न सकिन्छ भन्ने बारे कार्यक्रम केन्द्रित रहेको बताए। बाल अधिकार,कर्तव्यका बारेमा प्रष्ट पार्दै कार्यक्रमको उद्धेश्यबारे जानकारी दिए।
हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले शिक्षा बाट बन्चित बालबालिकालाई विद्यालय सम्म पुर्याउन,पठनपाठन गर्ने वातावरण सिर्जना गर्न गाउँपालिकाले काम गरिरहेको बताइन् ।उनले बाल अधिकार बाट बन्चित कोहि बालबालिका भए जो कोहीले पनि खबर गर्न आग्रह गर्दै आवस्यक सहयोग गर्न गाउँपालिका लागी परेको बताइन् ।
वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले बालबालिकामा अनुशासन घट्दो क्रममा रहेकाले यसमा सबै जिम्मेवार भएर लाग्न पर्ने बताए । विद्यालय स्तरमानै विद्यार्थीहरु अनुशासन हिन हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
हेलम्बु गाउँपालिकाले शिक्षामा उल्लेख्य लगानी गरेपनि विद्यार्थीहरुले त्यसको महत्त्व बुझ्न नसकेको बताउनुभयो। कार्यक्रममा हेलम्बु गाउँपालिका शिक्षा शाखाका कार्यक्रम ब्यबस्थापक भिम कार्किले गाउँपालिकाले शिक्षा र बालकालिकाको क्षेत्रमा गरेका असल अभ्यासका बारेमा जानकारी दिए।।
कार्यक्रममा बालबालिकाको क्षेत्रमा काम गरिरहेको विभिन्न सघंसंस्थाहरु,कार्यपालिका सदस्य,गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्