२०८१ श्रावण १२
                           

बाग्मती प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिए

चैत्र २०,काठमाण्डौ । बाग्मती प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एमालेबाट मन्त्री बनेका केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई मंगलबार शपथ गराएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरी चार जना मन्त्री समावेश गरेका थिए । केशवप्रसाद पोखरेलले वन तथा वातावरण, रामेश्वर श्रेष्ठले स्वास्थ्य, एकालाल श्रेष्ठले खानेपानी सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएको छ ।

यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विनाविभागीय मन्त्रीमा शपथ गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्