कुसुम थामी ,साँगाचोक । ११५ औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवशको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले खुला सन्देशमूलक लोकगीत प्रतियोगिता सम्पन्न गरेको छ ।
नगरपालिका भरिबाट १२ समूह सहभागि प्रतियोगितामा कमलको फुल सहकारी संस्थाकी निर्मला तिमल्सीनाको समूह प्रथम भएको छ ।
प्रतियोगितामा वडा नम्बर १० को कबिता थापाको समूह दोस्रो , कञ्चन बि.क. को नेतृत्वमा रहेको अपाङ्गता भएका व्यक्तिहरुको समूह तेस्रो र रसिला खत्रीको नेतृत्वमा रहेको वडा नम्बर १४ को समूहले सान्त्वना स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हासिल गर्ने समूहलाई पुरस्कार वापत एक एक थान स्पीकर ( साउण्ड स्टम ं) प्रदान गरिएको थियो । उक्त पुरस्कार कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख सीता थापाले बितरण गरेकी हुन् ।
प्रतियोगिताको मुल्याङ्कन गर्ने कलाकारहरु सिन्धुकला प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, श्री जनजागृती माबिका शिक्षिका खिकादेबी नेपाल र सिनधुकला मनिदरका सदस्य निर्मल बस्नेतले गरेका थिए ।
कार्यक्रममा उपप्रमुख थापाले नारी अधिकार स्थापनार्थ आम नारी वर्गको संघर्ष र बिबिध आन्दोलनको अहम भूमिका रहेको बताइन् । चौतारा नगरपालिकाले महिला तथा वालवालिकाको क्षेत्रमा आवश्यक बजेट बिनियोन गरि कार्यन्वयन गर्दै आईरहेको बताइन् । उनले नगरपलिकामा थप प्रभावकारी कार्यक्रमहरु तय गर्न अधिकारको लागि लागिपरेकाहरुको रचनात्क र सिर्जनात्मक सहयोग रहनुपर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सिव श्रेष्ठले कार्यक्रमको औचित्वबारे प्रष्ट्याउदै नारी दिवशको शुभकामना सहित स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै वडा नम्बर १४ का अध्यक्ष एवं नगरप्रबक्ता उद्धवप्रसाद नेपालले समाजको बिभिन्न क्षेत्रहरुमध्ये महिलाको सवालमा सरकारले गरेको व्यवस्था र अधिकारको कार्यन्वयनमा महिलाहरु नै बढी अग्रसर भएर लाग्नुपर्ने बताए ।
नगरपालिका शिक्षा शाखा प्रमुख मातृका आचार्यले महिलाहरुमा अधिकारको बारेमा चेतना मात्र भएर नपुग्ने भन्दै कार्यन्वयनमा व्यवहारिकतामा पनि त्यतिकै ध्यान दिनुपर्ने बताए ।
त्यसैगरि कफी सहकारी संघको अध्यक्ष मन्दु थापाले महिलाहरुमा नेतृत्व विकास र उत्पादनमा जोड दिनुपर्ने बताईन् । सधैको उप र सहमात्रैको भूमिकामा सिमित नरही वडाध्यक्ष र प्रमुख पनि हुने गरि अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले चुलोचौकामा बसेर भागबन्दा गर्ने कार्य निरन्तर गरेकाहरुले नीति निर्माण र कार्यन्वयनमा अवसर पाउँदा विवेकपूर्वक भूमिका निर्वाह गर्न सक्ने आँट र साहस भएको जीकिर गरिन् ।
कार्यक्रम व्यवस्थापनको लागि सप्रोस नेपालले बिशेष सहयोग गरेको सप्रोस नेपालका समानता परियोजनाका व्यवस्थापक महेश्वर ढकालले जनाकारी गराए ।
जिल्ला प्रहरी, नगरस्तरीय महिला सञ्जाल, सप्रोस नेपाल, महिला आत्मनिर्भता केन्द्र, नगर स्तरीय अपाङ्गता सञ्जाल, एकल महिला सञ्जाल, नेपाल आदिवासी जनजाती महिला संघ, लगायत बिभिन्न गैरसरकारी संस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएका नगर महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।
नगर कार्यपालिका सदस्य सीता पौडेलको उद्घोषणमा सञ्चालित कार्यक्रम वडा नम्बर १२ का वडाध्यक्ष दिपेन्द्र नेपालको अध्यक्षतामा भएको प्रतियोगितामा नगरभरको महिलाहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए । नगरपालिकाका बिभिन्न वडाबाट सहभागि समूहवाट महिला हिंसा, यौन हिंसा, लैङ्गिक हिंसा, वाल अधिकार , महिला अधिकार , अपाङ्गता अधिकार र वाल अधिकारको सवालमा आवाज उठाउका थिए ।
प्रतिक्रिया दिनुहोस्