२०८१ बैशाख ६

‘मुक्तक स्रमाट’उपाधिद्वारा पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष श्रेष्ठ सम्मानित

सिन्धुपाल्चोक ,७ फागुन
‘मुक्तक स्रमाट’ उपाधिद्वारा पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जिवन श्रेष्ठलाई सम्मान गरिएको छ । शब्द–सारथिको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा आईतबार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाकक्षमा भएको कार्यक्रममा सिन्धुको पहिलो मुक्तक संग्रह झरेका फूलहरु वि.सं. २०५३ सालमा प्रकाशन भएको थियो । सो मुक्तकको पहिलो कृति प्रकाशन गरी सिन्धु साहित्यलाई थप उचाईमा पुर्याउन योगदान पुर्याएवापत श्रेष्ठलाई ‘गजल स्रमाट! उपाधिद्वारा सम्मान गरिएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका– ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उतm कार्यक्रममा ६ मुक्तककारको ७२ वटा मुक्तकले मेहफिल गुञ्जियमान भएको थियो । सो मुक्तक मेहफिलमा मुक्तककार अमित घिमिरे, सुन्दर शिरीष, रमेश श्रेष्ठ, हेमन प्रधान, ऋषिराम अपवाद र केशव आशुतोषले मुक्तक वाचन गर्नुभयो । विजय नेपालले सुत्राधार गरेको मेहफिलको पहिलो चरणमा ६ मुक्तककारले ५÷५ वटा मुक्तक वाचन गरेका थिए । दोस्रो चरणमा ४÷४ वटा र तेस्रो चरणमा ३÷३ वटा मुक्तक वाचन गरिएको थियो ।

मेहफिलको अवसरमा मुक्तक मञ्च सिन्धुपाल्चोक शाखाका अध्यक्ष सुन्दर शिरीषले ‘मुक्तकमा सिन्धु’ नामक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका– ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै मेहफिलमा वाचन गरेको मुक्तकहरु चोटिलो हुनुको साथै समाजलाई सहि गन्तव्य देखाउन प्रेरित रहेको बताउँनु भयो ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले सहयोग गरेको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यपालिका सदस्य एवम् वडा नं. ५ को वडा सदस्य सानुमाया गुरुङ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य उजार सिं तामाङ, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकका अध्यक्ष निर्मल बस्नेतलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

साथै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ वडास्तरीय बाल सञ्जालले प्रकाशन गरेको स्मारिका ‘कर्णधार’को विमोचन समेत गरियो ।

मेहफिल सफल बनाउन विशेष योगदान पु¥याएको भन्दै पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, कञ्चन स्मृति ग्राम पुस्तकालय, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोक र मेहफिलका सुत्राधार विजय नेपाललाई मायाको चिनो प्रदान गरिएको छ ।

कार्यक्रमलाई समापन गर्दै शब्द–सारथिका अध्यक्ष अमित घिमिरेले साहित्यको उन्नयनको लागि संस्थाले स्थापनादेखिनै केहि न केहि काम गरिरहेको बताउँनुभयो । साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा लिईने गरेता पनि साहित्य राज्यको एउटा अभिन्न अंग हो भन्ने कुरालाई संस्थाले उजागर गर्दै आईरहेको जानकारी गराउँनु भयो । सो कार्यक्रमको सञ्चालन पत्रकार विजय नेपालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्