२०८१ चैत्र ११
                           

चौतारा, इन्द्रावती र सुनकोशी सेमिफाइनलमा पुगे-पाँचपोखरी कप

पाँचपोखरी कप प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगितामा पाँचपोखरी, चौतारा, इन्द्रावती र सुनकोशी सेमिफाइनलमा पुगेका छन् ।

तेस्रो दिन आज लिग चरणका ३ खेल सम्पन्न भएको छ । पहिलो खेलमा सुनकोशि गाउँपालिका र हेलम्बु गाउँपालिकाले १ –१ गोल गर्दै बराबरी खेले । यस खेलका म्यान अफ दी म्याच हेलम्बुका साङगे तेन्जीन लामा घोषित भए ।

दोस्रो खेलमा बाह्रविसे नगरपालिकालाई ० का विरुद्ध १ गोल गर्दै इन्द्रावती गाउँपालिका सेमिफाइनलमा प्रबेश गरे । सो खेलमा इन्दावतीका सुनिल तामाङ म्यान अफ दी म्याच बने ।
यस्तै आज भएको अन्तिम तथा तेस्रो खेलमा भोटेकोशिलाई ० का विरुद्ध १ गोल गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले सेमिफाइनलमा प्रबेश गरेको छ । यसमा म्यान अफ दी म्याच पाँचपोखरीका सागर श्रेष्ठ भए ।

भोलि सोमबार सेमीफाइनल खेल हुने गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष ग्याल्बो साम्देन तामाङले जानकारी दिए । तामाङका अनुसार सेमीफाइनलमा पाँचपोखरी भर्सेस चौतारा र सुनकोशी भर्सेस , इन्द्रावतीबीच खेल हुनेछ ।

प्रतियोगिता पेमाथाङ्ग समानता खेलकुद मैदानमा जारी छ । गाउँपालिको खेलकुद विकास समितिको आयोजना तथा जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा खेल भएको हो । प्रतियोगिताको विजेताले रु १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले रु ५० हजार नगद पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्