२०८१ श्रावण १२
                           

महाशिव रात्रिको पावन अवसरमा हेलम्बुको इच्छेश्वर महादेवमा मेला लाग्ने

सिन्धुपाल्चोक ,३ फागुन

पर्यटकीय गन्तव्यरुपमा परिचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न ६ थापाटारस्थित इच्छेश्वर महादेवमा विविध धार्मिक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ । महाशिव रात्रिको पावन अवसरमा यही फागुन ६ गते सो मन्दिरमा भव्य मेला लाग्ने भएको हो ।

मेलामा शिव पुराण र चर्चित कलाकारहरुद्वारा भजन किर्तन,प्रसाद वितरण लगायतको कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका नयन पण्डित क्षेत्रीका अनुसार मेलाको लागि संपूर्ण तयारी सम्पन्न भइसकेको छ । सो दिन विहानदेखि पुजाआज कार्यक्रम हुने भए पनि मेलाको औपचारिक कार्यक्रममा भने विहान १० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्