२०८१ माघ २४
                           

पालिका स्तरिय हाजिरी जवाफ प्रतियोगितामा सेलाङ मावि प्रथम

जुगल गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

बिद्यार्थीहरुको बौद्धिक बिकासका लागि सामान्य ज्ञान र पाठ्यक्रमका विषयमा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो । शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले यस्ता प्रतियोगिताहरूले विद्यार्थीको बाह्य ज्ञान वृद्धि विकासमा सेवा पुग्ने बताइन।

साथै विद्यार्थीले सिकाइ किताबमा मात्रै सीमित नराखी बाह्य जानकारीहरूमा पनि चासो राख्नुपर्ने उनको भनाई रहेको छ। प्रमुख अतिथि जुगल गाउँपालिकाको प्रमुख रेशम स्याङबो ले विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी बनाउनमा अतिरिक्त कृयाकलापको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

साथै प्रमुख स्याङबोले यस्ता प्रतियोगिता तथा कार्यक्रमहरू निरन्तर गरिरहने प्रतिवद्धता समेत गर्नु भयो । प्रतियोगितामा विजेता विद्यालयकालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको जनाइएको छ । गाउँपालिकाको अनुसार ८ वटा विद्यालयले सहभागिता जनाएको छ। प्रतियोगतामा प्रथम सेलाङ मावि जुगल १ , दित्तिय  रत्न राज्य मावि. जुगल ५ , तृतिय काली दोवि मावि जुगल ४ र सान्त्वना बनकाली मावि जुगल ६ भएको स्थानीय दुर्गा श्रेष्ठ ले बताए l

प्रतिक्रिया दिनुहोस्