२०८१ पुष २९
                           

पूर्वमन्त्री दुलालको प्रमुख आतिथ्यतामा वनदेवी मावि चौताराले २७ औं वार्षिकोत्सव मनाए

चौतारा –  श्री वनदेवी माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव, अभिभावक भेला तथा विद्यार्थी पुनर्मिलन समारोह पूर्व भौतिक पूर्वाधार विकासमन्त्री युवाराज दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

चौतारामा अवस्थित यस विद्यालयको वार्षिकोत्सवको उद्घाटन शुक्रवार पूर्वमन्त्री दुलालले गरेका हुन । सो कार्यक्रममा बोल्दै दुलालले विद्यालयको उतरोउतर प्रगतीको शुभकामना ब्यक्त गरे । सदरमुकाममा रहेको यस विद्यालय सञ्चालनका लागि विभिन्न चुनौती रहेको भएपनि शिक्षक कर्मचारी र विद्यालय ब्यवस्थापन समितिको प्रयास र मेहनतले प्रगतीको पथमा लैजान सकिने अनुभुति भएको पूर्वमन्त्री दुलालले बताए ।

विद्यालयले २७ औ वार्षिकोत्सव मनाउदै गर्दा सबै कार्यक्रम विद्यालय केन्द्रित दखिएको बताउदै विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन, विद्यालयका बारेमा चिन्तन र वर्षभरी गरेका कार्य अभिभावकलाई जानकारी गराइएको प्रशंसनीय रहेको उनको भनाई थियो ।

विद्यालयले योगदानकर्ता, प्रतियोगितामा उत्कृष्ट स्थान हाशिल गरेका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्