२०८१ पुष २९
                           

सेतिदेवी माविको ७२ औँ वार्षिकोत्सव, देश विकास गर्नेे विद्यार्थी उत्पादन गर्नुपर्छ -पूर्वमन्त्री दुलाल

चौतारा । स्याउलेमा रहेको श्री सेतिदेवी माध्यमिक विद्यालयको ७२ औँ वार्षिकोत्सव, २५ औं अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन एवं मूल समारोह विविध कार्यक्रमका साथ मनाएको छ । उक्त वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सरकारका पूर्व भौतिक तथा पुर्वाधार विकासमन्त्री युवराज दुलालले विद्यालयको उन्नती प्रगतीको लागि शुभकामना ब्यक्त गरे । उनले बागमती प्रदेशले सरकारले भौतिक पूर्वाधार सँगै शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको बताए । सांसद दुलालले भने अब विद्यालयले पढाउने मात्र हैन देश विकास गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्छ । विद्यालयलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता गर्छु । दुलालले शिक्षाको सुधार नभएसम्म समाज बिकासको अन्य कार्य अपुरो रहने बताए ।

चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाले नगरपालिकाको विद्यालय समायोजन योजनाले सेतिदेबीलाइ राहत पुगेको बताइन् । उनले विद्यालयको लागि शैक्षिक पक्षलाई अभिभावकहरुले निरन्तर नियालेर गुणस्तर सुधारमा सघाउ पु¥याउन सम्वद्ध सवैलाई आग्रह गरिन् ।


चौतारा नगर शिक्षा शाखा प्रमुख मातृका आचार्यले विद्यालयको शिक्षकहरुको एकतालाई मजबुद पार्न आग्रह गरे । जुन एकताले नै आम शैक्षिक सुधार र गुणस्तरमा बिकास गर्न सकिने कुरा औल्याए । पश्चिम नेपालको माटोमा हुर्किएको सपना चौतारा नगरको क्षेत्रमा लागू गर्ने अठोट गरे ।

समाजसेवी टंक कार्कीले जिल्लाका अन्य पालिकाको निशुल्क शिक्षाको उदाहरण दिदै चौताराले पनि निशुल्क शिक्षाको प्रवन्ध गर्न आग्रह गरे ।

यस जिद्यालयमा ४ सय ९३ जना विद्यार्थी भर्ना भइ अध्ययन गरिरहेको प्रतिवेदनमा उल्लेख छ । विद्यालयमा पत्रु खाना तथा खाजा निषेध गरिएको वालबिकास देखी कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि स्वस्थ र पोषिलो खाजाको प्रवन्ध मिलाएको छ । प्रबिधि मैत्री स्मार्ट कक्षाको सञ्चालन गरिएको, बार्षिक कार्यपत्र अनुसार साप्ताहिक अतिरिक्त कृयाकलाप सञ्चालन गरिने गरेको उल्लेख छ ।

विद्यालयले पूर्व प्रधानाध्यापक मोहन प्रसाद सापकोटा , सालिक राम ओली, शिक्षक अनिल श्रेष्ठ , सविना श्रेष्ठ, समाजसेवी दिपक नेपाललाई सम्मान गरेका छन् । यस्तै एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका सुजन श्रेष्ठ र अन्य विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

उत्सबको अवसरमा नेपाली माध्यममा अध्ययनरत फुर्पाछिरिङ तामाङ र अंग्रेजी माध्यममा अध्ययनरत सत्य प्रकाश बिकले उत्कृष्ट अवार्ड पाएका छन् । विद्यालयको विभिन्न समयमा गरीएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

यस्तै भुतपुर्व विद्यार्थी एकता समाजबाट संकलित ८१ हजार १ सय २४ मध्ये ४१ हजार बराबरको विविध सामग्रीहरु सहयोग प्रदान गरिएको प्रधानध्यापक दंगालले बताए । विद्यार्थीहरुको लागि शैक्षिक सहभागीहरु विद्यालयको आवश्यक १ लाख ९० हजार सहकारीमा बचत गरिएको समेत जानकारी दिए ।

बार्षिक उत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाईलाई पु्रस्कृत, योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान प्रदान गरिएको भने गरिब तथन जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृद्धि प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्