२०८१ पुष २९
                           

मेलम्चीमा आँखा शिविर,८४ जनाको शल्यक्रिया

सिन्धुपाल्चोक । तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सामुदायिक आँखा केन्द्र, मेलम्चीको सहकार्य तथा मेलम्ची नगरपालिकाको समन्वय र सहयोगमा माघ २२ र २३ गते मेलम्चीमा आँखा शिविर सम्पन्न भएको छ ।
डा. प्रतिभा लामा जोशीको नेतृत्व र रमिता महर्जनको नेतृत्वमा शिविर सम्पन्न भएको हो ।  ८० मोतियाबिन्दु प्रभावित आँखाको शल्यक्रिया गर्ने लक्ष्यले शिविर गरिएकोमा ८२ मोतियाबिन्दु प्रभावित आँखाको सफलतापूर्वक दृष्टि पुनःस्थापित गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले  जानकारी दिनुभयो । शिविरमा मोतियाविन्दुको शल्याक्रिया सँगै २ वटा मासु पलाएको शल्यक्रिया गरी कुल ८४ वटा शल्यक्रिया सम्पन्न भएको भट्टले जानकारी दिनुभयो ।

शिविरमा सहभागीहरूले आफ्नो दृष्टि पुनःप्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् ।  दृष्टि पुनःस्थापनापछि शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तनको अनुभव भएको सहभागी टक्करकुमारी दुलालले बताउनुभयो ।  पुनः प्राप्त दृष्टिले आफुहरुलाई आत्मनिर्भर बन्न, आफ्नो दैनिक जीवन सहज रूपमा संचालन गर्न, सामाजिक गतिविधिमा पुनःसक्रिय हुन, र आर्थिक रूपमा लाभदायक कार्यहरूमा संलग्न हुन सहयोग पुग्ने बिष्णुप्रसाद सापकोटाले बताउनुभयो ।
गत साता मेलम्ची रदुवाचौर र इन्द्रावतीको नवलपुर र भिमटारमा छनौट शिविर गरि मोतियाविन्दुको शल्याक्रियागर्नुपर्नेको छनौट गरिएको थियो ।
मेलम्ची नगरपालिकाले शल्यक्रिया गराएका बिरामीहरूका लागि खाना   व्यवस्था गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्