२०८१ श्रावण १२
                           

तिमीले चाल पायौं? कवि जीवन श्रेष्ठ

म्याँ……..म्यांँ……! हूम….हूम….

एउटा विछिप्त योनीको हारपछि
मेरो शीर उतेजित लिङ्ग जस्तै
गर्वले ठाडो भएको छ !

म्याँ……..म्यांँ……! हूम….हूम….

एउटा विछिप्त योनीको हारपछि
मेरो शीर उतेजित लिङ्ग जस्तै
गर्वले ठाडो भएको छ !

लिङ्ग जस्तै ठडिएको ठाडो शीर पार्दै
म सन्तुष्टिको राष्ट्रिय गीत सुसेल्दै
भर्खरको पाठो जस्तै बुद्रुक बुद्रुक
बुर्कुसी मार्दै चिच्याउदै छु-
न्याय मरेको छैन , मर्ने छैन राष्ट्रको नाम र पहिचान –
म्याँ…….म्याँ……..!

हो न्याय मरेको छैन
कहाँ मर्छ र न्याय ?
कहिले मरेको नै छ र न्याय ?
किनकि
लिङ्ग र योनीको लिगलिककोटे दौडमा
योनीको हार सदियौंदेखि हुँदै आएको छ
राजनीतिक सौचालयमा होस् कि शिक्षालायमा
कार्यालयमा होस् कि घरालयमा
या होस् न्यायलयमा ……!
आखिर हार त योनिकै त हुँदै आएको छ ।

ओ भर्जिन योनि
ओ ननभर्जिन योनी
लिङ्गको बर्चस्व
लिङ्गको सर्वोच्च
र लिङ्गको सर्वस्व
अझै सतिसाल भएर ठिङ्ग उभिएको –
तिमीले चाल पायौं ?

 

प्रतिक्रिया दिनुहोस्