सिन्धुपाल्चोक ।नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल समितिको अध्यक्षमा दिलबहादुर वाइबा निर्बिरोध चयन भए । शनिवार भएको अधिबेशन तथा खबरदारी सभाबाट वाइबाको अध्यक्षतामा ४१ सदस्यीय समिति बनेको हो।
यस्तै उपाध्यक्षमा तिर्थ स्याङबो, नुर्बु शेर्पा र सरला राई दनुवार, सचिवमा रमेश शेर्पा चयन भएका हुन ।
नवनिर्वाचितहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री युवराज दुलाल, केन्द्रिय सदस्य चन्द्र बहादुर थापा लगायतले शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रको नेतृत्वले मात्र देशमा विकास गर्न, भ्रष्टाचारलाई कारबाही गर्न सक्ने आट गर्ने बताए।
कार्यक्रममा चर्चित कलाकारहरू सानु केसी, लक्ष्मी दर्नाल लगायतले साँगितिक प्रस्तुति मार्फत उपस्थित ६०० भन्दा बढिलाई मनोरञ्जन प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्