२०८२ बैशाख १६
                           

माओवादी मेलम्ची समितिद्वारा शुभकामना तथा चियापान कार्यक्रम

२१ असोज, सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) मेलम्ची नगर समितिले नेपालीहरूको महान चाड बिजया दशमी, शुभ दिपावली र नेपाल सम्वत् ११४४ एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

मेलम्ची नगर समिति अध्यक्ष सिपि दुलालको अध्यक्षतामा मेलम्ची बजार स्थित पार्टी प्यालेसमा भएको कार्यक्रम पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति इन्चार्ज केशव नेपालको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य युवराज दुलाल शरद,चन्द्रबहादुर थापा,नेकपा एमालेका केन्द्रिय अनुशासन आयोग सदस्य डम्बर अर्याल,मेलम्ची नगरपालिकाका प्रमुख एवम् नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २का क्षेत्रिय सभापती,आइतमान तामाङ,उपप्रम’ख उमा प्रधान माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य गोविन्द पराजुली,पूर्व राज्यमन्त्री इन्द्रमाया गुरुङ,मेलम्चीमा सक्रिय राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्