२०८२ बैशाख १६
                           

प्रतिनिधि सभाको बैठक आज बस्दै 

२५ असार । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा बार्षिक प्रतिवेदन र व्यवस्थापन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ ।

यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछ ।

त्यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्