८ असोज । ,नेपाल र चीनबीचको ब्यापारीक तातोपानी नाकामा पछिल्लो चरण चहलपहल बढ्न थालेको छ । दैनिक सयौं कन्टेनर भ्यानहरु चिनियाँ सामाग्री बोकेर नेपाल भित्रिन थालेसँगै नाकामा चहलपहल बढ्न थालेको हो । दुईतर्फीरुपमा नै नाका सञ्चालनमा ल्याउने सहमति अनुसार चीन सरकार सो सहमति कार्यान्वयमा ल्याएपछि सामान निर्यात र आयातमा सहजता आएको छ । त्यसैले पनि अहिले नेपाल र चीनबीचको तातोपानी नाका ठूलादेखि साना ब्यपारीहरुको
आकर्षणको केन्द्र बन्न थालेको छ ।
नाकामा चहलपहल बढेसँगै चोरी निकासी र अपराधिक गतिविधि पनि बढ्न सक्नेतर्फ लक्षित गर्दै यसको नियन्त्रणका लागि चिनियाँ र नेपाली दुबै पक्षले सहकार्य गर्ने भएको छ । नेपाली र चिनियाँ अधिकारीबीच बसेको बैठकले सीमा सुरक्षाका लागि दबै पक्षले एकअर्कालाई सहयोग गरि अगाडि बढ्ने सहमति भएको बताइएको छ ।
चीनकोतर्फबाट इमिेरेगेशन प्रहरी एसएसपी झाहोको अध्यक्षतामा नाकामा बसेको बैठकमा नेपालकातर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षा निकायका तीनै तहका प्रमुखहरु, अध्यागमन अधिकृत लगयतको उपस्थिति रहेको थियो ।
चिनियाँ सामाग्री लोड गरेको नेपाली कन्टेनर भ्यानहरुलाई कुनै पनि बहानामा नरोकिन तत्काल नै नेपाल प्रवेशका लागि व्यवस्थापन र भाषाका कारण अप्ठयारोमा परेका नेपाली चाालकहरुलाई सहयोग एवम् सहजिकरण गर्दै कम्तिमा बसोबासका लागि वातावरण सिर्जना गर्नुृपर्ने माग बैठकमा नेपाली पक्षले राखेका थिए ।
पछिल्लोपटक नाका सञ्चालनमा आएपनि चिनियाँ सामाग्री लोड गरेका कन्टेनर भ्यानहरु चिनियाँ पक्षले समायमा नै नेपाल प्रवेशका लािग अनुमति नदिने र भाषाका कारण नेपाली चालकहरुले अनेक सास्ती खेप्नु परेको गुनासो नेपाली ब्यापारी र चालकले गर्दे आएका छन् ।
२०७२ सालको भूकम्पले तीब्बतको खास बजार पनि ध्वस्त भएको र हाल पूनर्निर्माणको अवस्थामा रहेको कारण नेपाली चालकहरुले खान र बस्नको समस्या पनि झेल्दै आएका छन् । यस विषयमा चिनियाँ अधिकारीहरुले सक्दो सहजिकरण गर्ने प्रतिवद्धता जनाएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
बैठकमा चिनियाँ भूभाग प्रवेश गर्न सिन्धुपाल्चोबासीका लागि प्रदान गर्दै आएको एकदिने पास आगामी दिनबाट डिजिटल पासको रुपमा प्रयोगमा आउने हुँदा सो को चिनियाँ अधिकारीलाई जानकारी पनि गराइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्