२०८१ श्रावण १२
                           

स्वाभिमानीले सुरु गर्याे एकै पटक ३ तालिम

स्वाभिमानीले सुरु गर्याे एकै पटक ३ तालिम
निर्मल बस्नेत
(२०८० जेठ २ ) स्वाभिमानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चाैतारा साँगाचाेकगढी नगरपालिका ५ सिन्धुपाल्चोकले एकै पटक ३ शिर्षककाे तालिम सुरु गरेकाे छ ।
१ महिने गार्मेन्ट सम्वन्धि सिलाई , गलैचा बुनाई र ७ दिने माैरीपालन तालिम सञ्चालन हुने सहकारीका अध्यक्ष हरी बिश्वकर्माले जानकारी दिएका छन् ।


उनले दिएकाे जानकारी अनुसार ३ वटा तालिममा ६० जना प्रशिक्षार्थीहरु सहभागि रहनेछ । गार्मेन्टमा गार्मेन्ट सञ्चालक बादलराज नेपाली, गलैचामा केशरी तामाङ र माैरीपालनमा नगरपालिककाे रामहरी दाहालले प्रशिक्षण दिनेछन् ।
चाैतारा साँगाचाेकगढी नगरपालिका सामाजिक बिकास शाखा संयाेजक रामप्रसाद गाैतमकाे प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएकाे हाे । गाैतमले मन्तव्यकाे क्रममा तालिमकाे लागि तालिम नभई आत्मनिर्भर हुनकाे लागि तालिमलाई प्रयाेग गर्न आग्रह गरेका छन् । उनि भन्छन् “हाल सडक र पूर्वाधारकाे बिकासमा मात्र जाेड दिने गरेकाेले आगामी दिनमा उत्पादनमा जाेड दिनुपर्छ । ” उत्पादन र आयआर्जनमा बृद्दि गरेमा मात्र आत्मनिर्भर हुनेछ ।


पूर्व नगरप्रमुख अमानसिं तामाङले जति छिटाे हात चलायाे त्यति धेरै पैसा कमाई हुने भएकाेले एकचित्तकासाथ लागि पर्न अाग्रह गरे । उनले रिस,घमण्ड र अल्छि मानबकाे सत्रु हाे भन्दै यि तिन कुरालाई त्याग्न आग्रह गरे । तामाङले सिप भनेकाे छाेरालाई अंश र छाेरीलाई दाईजो दिए जसरी दिन नपर्ने हुनाले सहभागीले आफु अनुभवी र दक्ष बन्नुपर्ने बताए ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले तालिमपछि सहभागीहरुले उद्याेग सञ्चालन गरि उद्यमी बनेर घरेलुवाट हुने अनुदानकाे कार्यक्रममा सहभागी हुन आग्रह गरे ।


वडाअध्यक्ष सिव श्रेष्ठले सफल उद्यमी बन्नकाे लागि राम्रोसँग सिक्नुपर्नेमा जाेड दिदै तालिम सफलताको कामना गरेकासमेत छन् ।
सीप सिकाै, उद्यम बनाै र आत्मनिर्भर बनाै भन्ने स्लाेगासनसहित चाैतारामा तालिम सञ्चालन गरेकाे तालिम उद्घाटन कार्यक्रममा ५ नम्बर वडाकाे पूर्व अध्यक्ष नरमान श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सदस्य उजारसिं तामाङ , १ नम्बर वडा अध्यक्ष युबलाल श्रेष्ठ , नगर कार्यपालिका सदस्य रोजिना घतानी, महाकाली सहकरीकाे अध्यक्ष केशबलाल श्रेष्ठ,चेतना मातृशिसु सहकारीको अध्यक्ष गुणकेशरी श्रेष्ठ,वडा सदस्य कोमल ब श्रेष्ठ र राम ब घले महिला संजालका सचिब तारा राना राना, अन्य समाजसेबी र तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्