३० भाद्रा, सिन्धुपाल्चोक । बिगत ५ दिनदेखि हराइरहेकी सिन्धुपाल्चोक बलेफी गाउँपालिका १ मेलडाँडाकी ५७ बर्षिय धनमाया श्रेष्ठ मृत अवस्थामा सिन्धुलीमा भेटिएको छ ।
भदौ २५ गते राति आफ्नै घरबाट हराएकी श्रेष्ठको सिन्धुली खुर्कोटमा शव भेटेको स्थानीयले जानकारी दिएका हून ।
सनखतका लागि श्रेष्ठको परिवार खुर्कोट गइसकेको स्थानीय शिव क्षेत्रीले जानकारी दिए ।
२५ गते राति श्रेष्ठ र अप्पर बलेफी हाइड्रोपावरका कर्मचारी रणबहादुर गाहमगर अबेरसम्म मदिरापान गरेको र उनै गाहमगरले हत्या गरी ब्रह्मायणी नदीमा लाश फालिदिएको स्थानीय आरोप छ ।
श्रेष्ठको छोरा कमलदास श्रेष्ठ र आरोपित गाह मगरलाई अनुसन्धानका लागि सिन्धुपाल्चोक प्रहरीले नियन्त्रण लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्