२०८२ बैशाख १६
                           

बलेफीमा डुम्रेचौर सान्ने र मजुवा जोड्ने ओख्ले खोला ट्रसपुलको उद्घाटन

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ डुम्रेचौर सान्ने र वडा नं. ८ को मजुवा जोड्ने ओख्ले खोला ट्रसपुलको उद्घाटन गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं.–१ का सांसद माधब सापकोटा ‘सुबोध’ ले आज उद्घाटन गरे ।

सांसद सापकोटाले पुल उद्घाटन गर्दै यस संरचनाले दुई वडाका बासिन्दाहरूलाई आवागमनमा सहजता ल्याउने र आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले यो पुल निर्माणले विशेष रूपमा विद्यार्थी, किसान तथा व्यवसायीहरूलाई लाभ पुर्याउने बताए । स्थानिय बासिन्दाहरूले लामो समयदेखिको यातायात कठिनाइ समाधान भएको भन्दै खुशी व्यक्त गरे।

कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरू, सामाजिक अगुवाहरू, विद्यालयका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्