२०८१ श्रावण १
                           

रास्वपाले निलम्बित महामन्त्री ढकाललाई जिम्मेवारीबाट हटायो

२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ । आज बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ।
पार्टीको अनुशासन आयोगले उहाँलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो । तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता कायम राख्दै महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मात्र हटाउने निर्णय गरेको

सहप्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, उहाँलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको छ ।
यसअघि गत बुधबार सात दिनका लागि ढकाललाई निलम्बन गरिएको थियो । आजको बैठकमा ढकाल उपस्थित भएन । ढकालले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा समेटिएका केही विषयहरू सार्वजनिक भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो । उनले पार्टी यही ढंगबाट चले आगामी निर्वाचन

मा राष्ट्रिय पार्टी नहुनेदेखि सभापति रवि लामिछाने पार्टीमा एकलौटी ढंगले चलेकोसम्मका आरोप लगाएका थिए ।
यसबारे आफूले लेखेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने र केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने उहाँको माग थियो । यसैबीच रास्वपाको महामन्त्री, प्रवक्तालगायतको जिम्मेवारीबाट हटाउने निर्णयलाई डा. ढकालले ‘रवि लामिछाने क्लबको कारबाही’ भनी टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्