२०८१ जेष्ठ ४

चौतारा नगरपालिकाको आयोजनामा निशुल्क आँखा परिक्षण

सिन्धुपाल्चोक १४ चैत
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा र नेपाल अाँखा अस्पताल त्रिपुरश्वर, लाइन्स कलब अफ काठमाडौ सिन्धु चौतारा सिटिको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको आँखा शिविरमा मंगलबार २ सय ३९ जनाले परिक्षण गरेका छन् । मोतिविन्दु भएका २३ जनाको सल्यक्रिया सफल भएको छ ।

बुधबार पनि विहान ९ बजे देखि शिविर जारी रहने भएकाले आँखामा समस्या भएका सिन्धुवासिलाई परिक्षणका लागि शिविरमा सहभागी हुन स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।साथै मंगलबार मोतिबिन्दुको शल्यक्रिया गरेकाहरुलाई बुधबार विहान ७ बजे नगरपालिकाको पुरानो भवनमा आइपुग्न भनिएको छ ।शिविर १६ गते सम्म चल्ने छ ।

चौ.साँगढी नगरले यसअघि १४ वटै वडामा जेष्ठ नागरिक क्लिनिक सञ्चालन समेत गरेको थियो। त्यो क्लिनिक मार्फत २ हजार ८ सय ७५ जनाले स्वास्थ्य परिक्षण गराएको तथ्यांक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनुभयो ।शिविर तथा क्लिनिक मार्फत दिर्गरोगीहरुलाई निशुल्क औषधि वितरण र निशुल्क आँखा परिक्षण र मोतिबिन्दुको शल्यक्रिया भएको थियो ।

प्रतिक्रिया दिनुहोस्