२०८१ श्रावण १२
                           

ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ शुरु

२९ जेठ, काठमाण्डौ – ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ शुरु हुँदैछ । पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घले गरेका छन् ।

भोलिसम्म चल्ने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवम् बाग्मती प्रदेशको श्रमाधान रोजागार मेलाका संयोजक डम्बर सुनुवारले जानकारी दिनुभयो । सरकारले रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले देशका सात वटै प्रदेशमा मेला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्