२०८१ आश्विन २
                           

जिल्ला अन्तर वडा स्तरीय पुरूष भलिबलको उपाधी पाङ्ताङ युवा समाजलाई

असोज १२ – पाङ्ताङ युवा समाजको आयोजनामा जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को प्रथम सिन्धुपाल्चोक जिल्ला अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता २०७९ को उपाधी पाङ्ताङ युवा समाजले पारेको छ।

पाङ्ताङ युवा समाजको आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा मेलम्ची नगरपालिका वडा नं ७ छापलाई ३-२ को सेटमा पाखा लगाउदै आयोजक पाङ्ताङ युवा समाजले उपाधी जितेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको कार्तिकेको खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्त मा उत्रेको पाङ्ताङ युवा समाजले उपाधी संगै नगद एक लाख, कप,मेडल तथा प्रमाणपत्र हात पारेका छन्।

फाईनलमा हार ब्यहोरेको मेलम्ची नगरपालिका वडा नं ७ छाप उपबिजेतामा सिमित रहदै नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा मेलम्ची ७ तृतीय हुँदै नगद ४० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन् भने हेलम्बु ५ ले सान्त्वना स्थान हुँदै नगद १५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन्।

कार्यक्रममा प्रमुख अतिथि रेशम स्याङवोले खेलकुदको विकासले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत ऊर्जा दिने र युवाहरुलाई यस्ता खालका प्रतियोगिताले गतिशीलता र क्रियाशीलता प्रदान गर्ने हुदा आगमी दिनमा गाउँपालिकले यस्ता खालका प्रतियोगिता सन्चालन गर्ने मन्तब्य राख्नु हुँदै बिजयी खेलाडीहरुलाई बधाई दिँदै आयोजकलाई धन्यवाद दिनु भएको छ।

प्रतिस्पर्धात्मक खेल निकै रोचक रहेको थियो। विजेता खेलाडीलाई जुगल गाउँपालिका प्रमुख रेशम स्याङबोले पुरस्कार प्रदान गरेका हुन्।

उक्त कार्यक्रम वडा अध्यक्ष प्रेम तामाङकाे अध्यक्षतामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा माओबादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु, नेपाली कांग्रेस का गाउँपालिका सचिब गौरव श्रेष्ठ आयोजक सुरज गुभाजु खेलाडी लगायतको उपस्थितिमा सम्पन्न भएका छन्।

प्रतिक्रिया दिनुहोस्