२०८१ श्रावण १२
                           

सुनकोशीको ३ र ४ वडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन

सुनकोशी गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने गरी स्थानीय स्याले खोलामा झोलुङ्गे पुलको निर्माण भएको छ ।  सोमबार सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले ३ र ४ जोड्ने स्याले खोला माथी निर्माण भएको पुलको उद्घाटन गरेका छन् । स्याले खोला माथी पुल निर्माण भएपछि ३ र ४ का स्थानीयलाई अवतजावत गर्न सजिलो भएको छ ।

स्याले खोला माथी निर्माण सम्पन्न भएको पुलको कुल लागत ५६ लाख ७८ हजार १२७ रुपियाँ रहेको छ । यो लागत मध्ये गाउँपालिकाले ७ लाख ३८ हजार १५६, संधिय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम मार्फत ४३ लाख ३६ हजार ३२४, जनसहभागीता १ लाख १३ हजार ५६२, स्वाप कार्यक्रम बाट सामग्री सहयोग ४ लाख ९० हजार को लागतमा पुल निर्माण सम्पन्न भएको पुल निर्माण समितिका अध्यक्ष राजाराम भुजेलले जानकारी दिए ।

एक साताका बिचमा गाउँपालिकाले निर्माण गरेका दुइ वटा पुल उद्घाटन भएपछि गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले खुसी व्यक्त गर्दे गाउँपालिका भित्र अन्य खोलाहरुमा पनि आवश्यकताका आधारमा पुल निर्माण गर्दे जाने बताए । समस्या भएका ठाउँमा यस्ता झोलुङ्गे पुलहरु गाउँ पालिकाले निर्माण गर्दे जाने छ अध्यक्ष तिमिल्सिनाले भने ।

गाउँपालिकाले अन्य दुइ स्थानमा झोलुङ्गे पुल निर्माणका लागि डीपीआर तयार पारेको छ । पुल उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्छि लामा, वडाध्यक्षहरु भोजलाल श्रेष्ठ, इश्वर तामाङ लगायतको सहभागीता रहेको थियो । सुनकोशी गाउँपालिका ४,५ र ६ जोड्ने पाखर खोलमा निर्माण गरिएको पुल केही दिन अगाढी मात्रै उद्घाटन भएको थियो । दुवै पुलको प्राविधिक सहयोग जनहित ग्रामीण सेवा समितिले गरेको थियो

प्रतिक्रिया दिनुहोस्