२०८१ श्रावण १२
                           

सवारी ज्यान मुद्दाका फरार इन्द्रावतीका श्याम ६ वर्ष पछि पक्राउ

२२ जेठ, सिन्धुपाल्चोक । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ६ वर्ष पछि पक्राउ परेका छन् । इन्द्रावती गाउँपालिका वडा नं. ४ टाकुरेका श्याम लामालाई इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनि मेलम्ची नवलपुर सडक खण्डमा बा ४ ख ७०१८ नं को आईचर गाडी दुर्घटना गराई घटना पश्चात फरार रहेका थिए । यो दुर्घटना वि.सं २०७६ बैशाख २४ को हो ।

उनलाई जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्