२०८१ श्रावण १२
                           

बजार अनुगमनमा म्याद नागेका सामग्री फेला

पौष १९, जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले मंगलवार गरेको बजार अनुगमनको म्याद गुज्रिएका मामग्रीहरु फेला परेको छ । किराना र हार्डवयरको म्याद सकिएको सामानहरु बरामद गरिएको छ ।

अनुगमन समितिले चौतारा साँगाचोकगढी नगरपालिकाको १० नम्वर वडाको जल्केनी बजार र हर्रेबजार १२ नम्वर वडाको साँगाचोक बजारमा अनुगमन गरेको हो । अनुगमनमा १९ वटा पसलहरु समेटिएका थिए । उक्त बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको खाद्यन्न चिउरा, पानीपुरी मसला, बिस्कुट, पापड, जुस, र हार्डवरको रंगरोकन र सरसफईका सामग्रीहरु जफत गरीएको बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए ।

अनुगमन घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय साँगाचोक, जनप्रतिनिधि, सञ्चारकर्मीको संयुक्त टोलीले गरेको थियो । अनुगमनको क्रममा अनुगमन समितिका सदस्य घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिश्वनाथ काफ्लेले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साईनबोर्ड राख्न, व्यवसायको दर्ता÷ नविकरण गर्न, मदिरा व्यवसाय दर्ता गरि ईजाजत लिन र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन गरिएको बताए । उनले जिल्लाका सबै बजार क्षेत्रमा अनुगमनलाई कडाईकासाथ लागु गर्दै जाने समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्