२०८१ श्रावण १२
                           

मानव वेचविखन मुद्दाका फरार प्रतिवादी ३० वर्षपछी पक्राउ

२१ जेठ, सिन्धुपाल्चोक । मानव वेचविखन मुद्दाका फरार प्रतिवादी ३० वर्षपछी पक्राउ परेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका ं२ बरुवाका नारायण बिक्रम सिलवाललाई ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनले वि.सं २०३९े बैशाखमा जिल्लाबाट २ जना युवतीहरुलाई भा.रु. ४० हजार रुपैयाँमा बेचेका थिए ।

हाल वर्ष ६९ का सिलवालले तल्कालीन समयमा युवतीलाई ललाई फकाई राम्रो काममा लगाई दिने बाहानामा भारतको कलकत्ता र बम्बई शहरमा पुर्याएका थिए । गाउँमा दुःख गर्न नपर्ने प्रलोभनमा पारी सिलवाले युवतीहरुलाई बम्बई शहरमा बेचेका हुन् ।

मानव वेचविखन तथा ओसार पसार मुद्दाका प्रतिवादी सिलवाललाई आइताबार पक्राउ गरीएको सुचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको डिएसपी भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्