२०८० चैत्र १६

आमाले हानेको खुकुरीले छोरा घाइते

मंसिर २१ – सिन्धुपाल्चोकको इन्द्रावती ५ मा आफ्नै आमाले खुकुरीले हान्दा छोरा घाइते भएका छन् । मंसिर २० गते राति इन्द्रावती ५ सुर्यकाेट निवासी अन्दाजी ६८ बर्षिय चन्द्रकुमारी भुजेलले आफैले जन्म दिएको जेठो छाेराे अन्दाजी ४० बर्षका रमेश भुजेललाई ज्यान लिने गरि शरिरका दर्जनौं ठाउँमा खुकुरी प्रहार गरि हत्या प्रयास गरेकी छन् ।
घाइते रमेशको नवलपुर अस्पतालमा उपचार भइरहेको छ ।उपचारका लागि ल्याउन एम्बुलेन्सको चालक नभएपछि आक्रोसित स्थानिय पालिकमा ताला लगाउन आएका छन ।उनीहरुको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एम्बुलेन्स भएको तर चालक नहुदा समस्या भएको गुनासो गरेका छन । पुरानो चालकलाई हटाइएको तर नया चालक नियुक्त गर्न नसकेको भन्दै उनिहरुले पालिकाको बिरोध गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्