२०८१ श्रावण १२
                           

पालिकामा कटौती भएको बजेट पठाउन जनप्रतिनिधिको माग

२१ जेठ । पालिकाका जनप्रतिनिधिले कटौती भएको वित्तीय समानीकरणको बजेट पठाउन माग गरेका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घको टोलीले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर वित्तीय समानीकरणको बजेट कटौती भएको भन्दै बजेट तुरुन्त पठाउन माग गरेका हुन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले चालु आर्थिक वर्षको अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदान सरकारले कटौती गरेपछि पालिका निकै समस्यामा परेको बताउनुभयो । बजेट काटिएपछि पालिकाले निर्माण व्यवसायी तथा उपभोक्तालाई दिनुपर्ने रकम दिन नसकेको बताए ।

गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सरकारले संविधान विपरीत वित्तीय समानीकरणको बजेट कटौती गरेको आरोप लगाउनुभयो लगाइन् । चालु आर्थिक वर्षको अन्त्यमा आफूहरुलाई बजेट भुक्तानीको दबाब पर्ने भन्दै बजेट अभावमा निर्माण सम्पन्न भइसकेका आयोजनाको भुक्तानी दिन समस्या हुने बताइन ।

पालिकामा अनुदान रकम नगएमा आफूहरु आन्दोलनमा जान बाध्य हुने जनप्रतिनिधिको भनाइ छ । आइताबार उनीहरुले अर्थ मन्त्रालयमा धर्ना पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्