२०८१ पुष २९
                           

चौताराको आहालडाँडा भिरकुना डाँडापारी सडक अनुगमन

सिन्धुपाल्चोकमा । चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकाेटाले विभिन्न याेजनाकाे अनुगमन गरेका छन् ।
नगरपालिकाकाे आन्तरिक स्राेत पूर्वाधार तर्फबाट चालू आर्थिक बर्षमा बिनियाेजित १ करोड रमकमबाट स्तरउन्नति हुँदै आहालडाँडा भिरकुना डाँडापारी वान वे सडक अनुगमन गरिएकाे हाे ।

चाैताराकाे बैकल्पिक सडककाे रुपमा रहेकाे साे सडकमा माटाे कटिङ, साेलिङ, नाला र ग्याबिनकाे कार्य भईरहेकाे छ। उक्त निर्माण कार्यकाे ठेक्का पाएकाे व्यवसायीलाई गुणस्तर सहितको काम समयमा नै सकाउन नगरप्रमुखले निर्देशन दिए ।

याे संगै नगरपालिकाकाेकाे वडा नम्बर ७ मेलचाैरमा बन्ने सहिद स्मृति पार्क निर्माण स्थलकाे समेत अवलोकन गरिएकाे छ ।
अनुगमनमा नगरप्रमुख सापकोटा संगै वडा नम्बर ५ का वडाध्यक्ष, वडा सदस्य काेमल बहादुर श्रेष्ठ , ७ का वडा अध्यक्ष डम्बरबहादुर तामाङ , प्रबिधिक र सराेकारवालहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्