२०८१ श्रावण १२
                           

जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा जाल्पा मावि प्रथम

जेठ १२, सिन्धुपाल्चोक । चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुनकोशी गाउँपालिका–७ को जाल्पा माध्यमिक विद्यालयका छात्रछात्रा प्रथम भएका छन् ।सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले २० स्वर्ण पदकका लागि सो प्रतियोगिता शुक्रबार संचालन गरेको थियो । प्रतियोगितामा २० वटा पदक जित्दै जाल्पा माविका छात्रछात्रा प्रथम हुन सफल भएका हुन् ।

यस खेलमा ८ स्वर्ण, ९ रजत, ३ कास्य पदक सहित जाल्पा माबि प्रथम, ५ स्वर्ण, ६ रजत, २ कास्य पदक सहित सुकुटे तेक्वान्दो डोजाङ द्धितीय र २ स्वर्ण, १ कास्य पदकसहित गणेश माबि तृतीय भएका छन् । ३३ केजी तर्फ उत्कृष्ट खेलाडी पुरुष जाल्पा माबिका डेभिट पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजी तर्फ जाल्पाकै अनुसा नेपालीले बेस्ट खेलाडीको उपाधी हाँसिल गरेका छन् ।अन्तराष्ट्रि निर्यायक मीन न्यौपानेको नेतृत्वमा १२ जना रेफ्रीले प्रतियोगिता संचालन गरेका थिए ।

जिल्लाभरका बालबालिकालाई तेक्वान्दो खेलमा आर्कषित गर्दे स्वास्थ, अुशासित बनाउदै तेक्वान्दो खेल मार्फत जिल्लालाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चिनाउन लागि परेको र एकेडेमीका अध्यक्ष एवं राष्ट्रिय रेफ्री रोहिन्द्र बिक्रम खड्काले बताए ।
सो प्रतियोगितामा यमुनाडाँडा तेक्वान्दो डोजाङ(गणेश माबि), जनजागृति माबि कालिका डोजाङ, बाघभैरव माबि डोजाङ, महेन्द्रकान्ति माबि डोजाङ, जाल्पा माबि डोजाङ, सदाबहार एकेडेमी, सुकुटे तेक्वान्दो डोजाङ, बलेफी तेक्वान्दो डोजाङ लगायतका डोजाङहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्