२०८१ चैत्र ११
                           

जुगलका शिक्षकहरुलाई आत्मरक्षा तालिम

सिन्धुपाल्चोक – जुगल गाउँपालिका भित्रका विभिन्न विधालयमा कार्यरत शिक्षकहरुका लागि लक्षित गरी  महिला आत्मरक्षा तालिमको जुगल गाउँपालिकाको उपाध्यक्ष हिमाल श्रेष्ठले उद्घाटन गरेका हुन् । महिलाहरूलाई ३ दिने आत्मरक्षा तालिम शुक्रबारबाट सुरु भएको छ ।

जुगल गाउँपालिका उपाध्यक्ष श्रेष्ठले महिलाहरूलाई आत्मरक्षाको ज्ञान र सीप प्राप्त गर्न तालिम उपयोगी हुने बताए । आत्मरक्षा तालिमले महिला हिंसा र दुव्र्यवहारका घटना नियन्त्रणमा सहयोग पुग्ने श्रेष्ठले बताए ।

तालिमहरु उपयोगी हुने बताउदै आयोजक समेत रहेका प्रदेश युवा स्वयमसेवक रुपक दुलालले कसैले दुव्र्यवहार गर्न खोजे, बलात्कारको प्रयास गरे, गलत नियत राखेर हातपात गर्न खोजे कसरी जोगिने भन्ने विषयमा शिक्षकलाई विद्यार्थी सम्म ज्ञान दिन आग्रह गरे ।

विज्ञ र विशेषज्ञ सहित जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले तालिमको सहजिकरण गरिरहेका छन् । महिलाहरुलाई संभावित दुव्र्यवहार वा हिंसाबाट कसरी बच्ने भन्ने बिषयमा प्रयोगात्मक तालिम दिइने  छ ।

प्रतिक्रिया दिनुहोस्