२०८१ फाल्गुन ४
                           

पाँचपोखरी थाङपाल गाउँपालिका ३ स्थित झोलुङ्गे पुलकोे उद्घाटन

जेठ ९, सिन्धुपाल्चोक । बुधबार पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले झोलुङ्गे पुलकोे उद्घाटन गरेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ मा निकतातामा झोलुङ्गे बनेपछि स्थानियलाई सहज भएको छ । ६० लाख बजेटमा पुल निमार्ण भएको होे ।

अध्यक्ष टासीले स्थानियको माग र आवश्यकतालाई सम्बोधन गर्दै पुल निमार्ण गरेको बताए । पर्यटन पदमार्गको रुपमा समेत प्रयोग हुने लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङ«ी र पाँचपोखरी पुग्न सहज हुने वडाध्यक्ष ङिमा छिरिङ तामाङले बताए ।

हिउँदको समयमा फड्के अथवा वैकल्पिक मार्ग प्रयोग गरेपनि बर्खा याममा जोखिम थियो । हालसम्म गाउँपालिकाले ११ वटा पुल निमार्ण गरिसकेको गाउँपालिकाले जनाएको छ । लार्केको लागि फलामको पोल स्थापना गर्ने, याङ«ीमा पक्कि पुल निमार्ण गर्ने, बुद्धपार्क लगायत पर्यटकिय स्थलहरुको पहिचान गर्दै प्रर्वधन गर्ने अध्यक्ष लामाले प्रतिबद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्