२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोकका खेलाडीहरुले जिते स्वर्ण, रजत र कास्य पदक

जेठ ७ । १० औ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सिन्धुपाल्चोकका खेलाडीहरुले १ स्वर्ण पदक १ रजत पदक र ३ कास्य पदक हासिल गरेका छन ।कराते खेलाडी रन्जित मैनालीले एक स्वर्ण पदक जितेका हुन् । यसैगरी अन्जन पुरीले रजत पदक, रेश्मा रानाले कास्य पदक, अन्जली श्रेष्ठले कास्य पदक र आइस्मा रानाले पनि एक कास्य पदक हात पारेका छन् ।

उनिहरु ठुलोसिरुवारी डोजोमा आवद्ध खेलाडी रहेको जिल्ला कराते महासंघ सिन्धुपाल्चोकका अध्यक्ष तथा एसियन रेफ्री गंगा लाल श्रेष्ठले जानकारी दिए । त्रीपुरेस्वर रंगशालाको कबर्ड हलमा भएको प्रतियोगितामा खेलाडीहरुले अनुसाशनमा रहेर मेहनतले भाग लिएको कराते प्रशिक्षक श्रेष्ठले बताए ।

नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम १० औ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जेठ ४ देखि ६ गते सम्म सन्चालन भएको थियो । यस प्रतियोगितामा नेपालका ७ प्रदेश सहित भारत, पाकिस्तान, श्रीलंका र भुटान देशका गरी ५ सय जना खेलाडीहरुबिच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्