२०८१ श्रावण १२
                           

शिक्षकहरुको पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी राजेश्वरीलाई

चौतारा,८ माघ

नेपाल शिक्षक संघ इन्द्रावती गाउँपालिका ले आयोजना गरेको शिक्षक हरुको पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी इन्द्रावती गाउँपालिका वडा-७ को श्री राजेश्वरी माध्यमिक विद्यालयले उचालेको छ। आईतबार भएको फाइनल खेलमा राजेश्वरी माध्यमिक विद्यालय ले इन्द्रावती -५ को श्री ऐसेलुखर्क माध्यमिक विद्यालयलाई सोझो सेटमा पराजित गर्दै शिक्षक भलिबल प्रतियोगिताको उपाधी उचालेको हो।

राजेश्वरीले शिक्षक भलिबलको उपाधी संगै कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने दोस्रो हुन सफल श्री ऐसेलुखर्क माध्यमिक विद्यालयले कप,मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो हुन सफल इन्द्रावती -११को श्री भिमेश्वरी माध्यमिक विद्यालयले पनि कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। हिजो देखि जारी प्रतियोगितामा इन्द्रावती गाउँपालिका को ९ ओटा विद्यालयले सहभागीता जनाएका थिए भने खेल ऐसेलुखर्क माध्यमिक विद्यालयको प्राङ्गणमा भएको थियो।

कार्यक्रमका प्रमुख अतिथी पुर्व जिल्ला सभापति विकास लामा ,विशेष अतिथि पुर्व जिल्ला सचीव बिल बहादुर तामाङ लगायतले विजयी टिम सहित दोस्रो ,तेस्रो स्थान हासिल गरेको टिमलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्