२०८१ श्रावण १२
                           

आय आर्जन हुने काममा ध्यान दिन मेलम्ची नगर प्रमुख तामाङको आग्रह

जेठ ६, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिम, गोष्ठी जस्ता कार्यक्रम भन्दा पनि आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गरेका छन ।

नगरपालिका स्तरीय दलित साझा सञ्जाल मेलम्चीको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा आयोजित २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबारबाट सुरु भएको हो ।

मेलम्चीमा उद्घाटन गर्दै  प्रमुख  तामाङले सिपमुलक तालिम लिएर आय —आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताए ।

हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के के गरे, योजनाहरुको लागि कति प्रयत्न गरेको छ चासो राख्नु पर्ने धारामा राखे ।

आगामी दिनमा दलित हक अधिकार तथा विकास निर्माणका कार्यको बारेमा जनप्रतिनिधिले ध्यान दिन जोड दिए । आगामी वर्ष आय आर्जन वृद्धि तथा अन्य उपयोगी कार्यक्रम ल्याएमा दलितका लागि बजेट थप गर्ने प्रतिवद्धता जनाए । उनले अहिलेको समयमा छुवाछुतको कुरा गर्न नहुने बताउँदै दुर्वव्यहार गर्नेलाई कानुनी कारबाही हुने बताए।

कार्यक्रममा मेलम्चीका दलित वडा सदस्य, कार्यपालिका सदस्य ,दलित अगुवा लगायत ५० जना रहेको आयोजक सचिव टीकाबहादुर विश्वकर्माले जानकारी दिए । अभिमुखिकरण कार्यक्रमको सहजीकरण राजु विक र उमेश विश्वकर्माले गरिरहेका छन्  । दलित अधिकार, दलित सम्बन्धी कानुनी कुरा, नेतृत्व विकासका लागि गर्नुपर्ने काम लगायत विषयमा जानकारी गराइने प्रशिक्षक राजु विकले जानकारी दिए।

कार्यक्रममा कार्यपालिका सदस्य दिलबहादुर नेपाली, रेडियो मेलम्चीका श्टेसन म्यानेजर देवराज सुवेदी लगायतले दलितका हक अधिकार लगायत बिषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्