२०८१ पुष २९
                           

नेपालीलाई पहिलो पटक मङ्किपक्स सङ्क्रमण पुष्टी

नेपालमा एक जनामा ‘मङ्किपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मङ्किपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मङ्किपक्स पुष्टि भएको थियो ।

चिकित्सकहरूका अनुसार एमपक्स रोग मङ्कीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ । विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्