२०८१ श्रावण १२
                           

सञ्चार रजिष्ट्रारद्वारा आयोजित मोबाइल र डिजिटल पत्रकारिता तालिम समापन, सहभागीहरु उत्साहित

जेठ ५ । समय सापेक्ष पत्रकारहरुको सीप, क्षमता र वृत्ति विकासका लागि सञ्चार रजिष्ट्रारको कार्यालय बागमति प्रदेशले एकपछि अर्को तालिमको आयोजना गर्दै आएको छ । खासगरि पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारितमा थपेको नयाँ आयाम सम्वन्धी सञ्चारकर्मीहरुलाई पोख्त बनाउने उदेश्यले कार्यालयबाट कहिले मोबाइल पत्रकारिताको तालिम, कहिले डाटा ड्रिभन तालिम, कहिले डिजिटल पत्रकारिता तालिम त कहिले सर्ट भिडियोका लागि स्कृप्ट ( पटकथा ) लेखन लगायतको तालिमको आयोजना गर्दै आएको छ ।

पत्रकारहरुलाई अद्यावधिक, परिस्कृत, परिमार्जित,गुणस्तरिय बनाउन बागमती प्रदेश सरकारले गरेको लगानीले नेपाली पत्रकारितालाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनका लागि कार्यलयद्वारा दिंदै आएको तालिमहरु सञ्चारकर्मीहरु प्रत्यक्ष लावान्वित हुँदै आएका छन् । यसै बीच शनिबार कार्यालयद्वारा आयोजित अनलाईन र मोबाइल पत्रकारिता तालिमको सम्पन्न भएको छ ।
दुई वटा छुट्टा छुट्टै समूहको तालिमको समापन संयुक्त रुपमा गरिएको हो । ।

पाँच दिनसम्म काभ्रेको धुलिखेलमा सञ्चालन गरिएको अनलाइन पत्रकारितामा २२ जना र मोबाइल पत्रकारितामा २२ जना गरि जम्मा ४४ जना बागमती प्रदेशमा क्रियाशिल पत्रकार सहभातिता रहेको कार्यालयले जनाएको छ ।

श्रव्यदृश्य समाचार सामग्री उत्पादन गर्न सहयोग पुरयाउने गरी सञ्चालन गरिएको मोबाइल पत्रकारिता तालिममा मोबाइललाई पत्रकारितामा उपयोग गर्न सिकाइएको थियो भने अनलाइन सञ्चार माध्यममा गुणस्तरिय समाचार सामग्री उत्पादन, प्रशोधन र वितरणलाई प्रभावकारी बनाउने उपायका बारेमा अनलाइन पत्रकारितामा सिकाइएको थियो ।

तालिमको अवधिमा सिकाइएका बिषयवस्तुलाई दुवै तालिममा सहभागीहरुले आ आफनो सञ्चार माध्यममा प्रतिबिम्बन गर्ने अपेक्षा सञ्चार रजिष्टार रेवाती सापकोटाले बताउनु भयोे ।

पत्रकारितालाई बिश्वसनीय र गुणस्तरिय बनाउन पत्रकारहरुले लेखनकलामा बिकास गर्नु पर्ने आवश्यकता भएको र आगामी दिनमा गुणस्तरिय सूचना सामग्री उत्पादन गर्ने सीप र क्षमता बिकासमा पनि बागमती प्रदेश सरकारले ध्यान दिने बिश्वास उहँको छ । तालिममा प्रवेश सुवेदी, उमेश श्रेष्ठ, बिकास कार्की र रामु सापकोटाले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्