२०८१ श्रावण १२
                           

बैठक र प्रशिक्षण एकसाथ गर्दै,वाइसीएल

निर्मल बस्नेत -३ जेठ, चाैतारा । नेकपा (माओवादी केन्द्र) काे सहायक संगठन वाईसीएल नेपाल आफ्नो गतिविधिलाई सशक्त वनाउदै अघि बढ्ने भएको छ । यहि जेठ ५ गते सिन्धुपाल्चोकका चौतारामा बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने भएकाे छ ।

बिगतमा चर्चाका शिखरमा रहेकाे उक्त संगठनले समाजका हर गतिविधिमा रचनात्मक काम गर्दै आइरहेको थियाे । वाईसीएलले नेपाल केही खास परिबेषकाे घट्नाक्रमहरुलाई तलमाथि पार्ने गरि भूमिका निर्वाह गर्दै आएका थियाे ।

वाईसीएल केही समय भने आन्तरिक काममा व्यस्त रहेकाे थियाे । युवाहरुले फेरि समाजका गतिविधिमा आफुलाई सहभागीता गराउन रचनात्मक कार्यक्रमहरु निर्माणका लागि जिल्लाभर काे वाईसीएल एक ठाउँमा भेला हुने भएका छन् ।

जसका तयारीका लागि बिस्तारीत बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने वाईसीएल सिन्धुपाल्चोकले जनाएको छ ।उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौ, संगठन सुदृढ गर्दै नीति निर्माणमा युवा सहभागीता सुनिश्चित गरौ भन्ने मुल नाराका साथ एकपटक फेरि सिन्धु भूमिमा वाईसीएल जुरमुराउने भएकाे छ ।

वाईसीएलले गर्ने कार्यक्रममा नेकपा(माओवादी केन्द्र) केन्द्रका भद्र एवं शालिन नेता पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा( देश बन्धु) र वाईसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) ले सम्वोधन गर्ने भएका छन् ।

पछिल्लो समय नीति ,विधि र पद्धतिभन्दा बाहिर समाजका गतिविधि चल्दै आएकोले उक्त गतिविधि नियन्त्रण गर्नका लागि विभिन्न कार्यक्रमहरु तय भएकाे जिल्ला संयोजक सुमित काफ्लेले जानकारी गराए ।

उनका अनुसार माओवादीका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य युवा नेता माधब सापकोटा सुबोध , केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका भाैतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल (सरदर) र पार्टी वाग्मती प्रदेश समिति अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पाैडेलले युवाहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेकाे छ । जिल्लाभर काे १ सय ३ वटै वडाका १/१ जना प्रतिनिधिहरु काे सहभागीता रहने वाईसीएल सिन्धुपाल्चोकले जानकारी गराएकाे छ ।

प्रतिक्रिया दिनुहोस्