२०८१ श्रावण १२
                           

जनजागृतीको बार्षिक उत्सव सम्पन्न

मेलम्ची नगरपालिका ११ स्थित जनजागृति माध्यमिक विद्यालयको ५५औं बार्षिक उत्सव तथा १४ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर तामाङले शिक्षालाई गुणस्तरिय बनाउनका लागी वडा बाट गर्न पर्ने सम्पुर्णकाम गर्न तत्पर रहेको बताउनुभयो । उहाँले नगरपालिका संग गर्नुपर्ने पहलका लागी आफु सधैं तयार रहेको बताउनुभयो ।

कार्यक्रममा इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठले सामुदायिक विद्यालय हरुको गुणस्तर वृद्धिको लागी निरन्तर लागिपर्ने बताउनुभयो । शिक्षा शाखाका सुनिल कुमार भण्डारीले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामको बारेमा जानकारी दिनुभयो ।पुर्व बिद्यार्थी चौलागाईंले गुणस्तरीय र ब्यबहारिक शिक्षामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले अङ्ग्रेजी बोल्दैमा गुणस्तरीय नहुने भन्दै के के कुरामा गुणस्तर दिने भन्नेमा जनप्रतिनिधि,अभिभावक र शिक्षक चनाखो हुनपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रधानाध्यापकको तर्फबाट आफ्नो भनाइ राख्दै इन्द्रेस्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले प्राबिधिक बिषय अध्ययन गर्न चाहने २ जना विद्यार्थीको लागी निशुल्क अध्ययन गर्ने ब्यबस्था मिलाउने बताउनुभयो । उहाँले विद्यार्थी हरुलाई शिक्षामा ध्यान दिन आग्रह गर्दै प्रबिधिको प्रयोग गर्दै नयाँ कुरा सिक्न सुझाउनुभयो । कार्यक्रमको अवसरमा पुर्व प्रधानाध्यापक लगायत शिक्षकहरु,उत्कृष्ट विद्यार्थी,अभिभावक लगायतलाई सम्मान गरिएको थियो । अभिभावक हरुबिच हाडि फुटाइ प्रतियोगिता, बिद्यार्थीको विभिन्न प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्