२०८१ श्रावण १२
                           

पोलियो रोग विरुद्ध खोप अभियानबारे जिल्ला स्तरीय अभिमुखिकरण

जेठ ३, सिन्धुपाल्चोक । जील्लाभर यहि जेठ १३ गतेदेखि पोलियो रोग विरुद्ध आइ पी भी खोप अभियान सुरु हुने जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।कार्यलयका प्रमुख दुर्गा बजगाइले अभियान सफल बनाउन सबैको साथ आवश्यक रहेको बताइन । यसअघि मेलम्ची , चौतारा सागाँचोकगढी , भोटेकोसी र सुनकोशी गाउँपालिकामा यस बारे कार्यक्रम सन्चालन गरिसकेको छ ।

यही जेठ १३ गतेदेखि १७ गतेसम्म हुने पाँच दिने आइ.पी.भी. खोप अभियान तोकिएको विद्यालयमा खोप केन्द्र राखी स्थानीय स्वास्थ्य संस्थाबाट अभियान सञ्चालन समयमै सम्पन्न गर्ने निर्णय गरिएको छ । विश्वबाट नै पोलियो रोग उन्मुलन गर्ने हेतुले सञ्चालन हुन लागेको पोलियो, रोग विरुद्ध सुई लगाएर नै खोप दिइने यो अभियान सफल पार्नका लागि उनले आग्रह गरिन ।

२०७३ साल बैशाख १ गतेदेखि २०७५ साल असोज मसान्तभित्रको समयाअवधिमा जन्मिएका बालबालिकाहरुको नाम र सही विवरण उपलव्ध गराई सहयोग गरिदिन सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नागरिकको स्वस्थ रहन पाउने अधिकार सुनिश्चितताका लागि खोप अभियान प्रभावकारी हुने बताए ।

बिहिबार मेलम्चीमा आयोजित पोलियो रोग विरुद्ध आइ पी भी खोप अभियान सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जूमा गोष्ठिमा प्रमुख तामाङले स्वास्थ्य क्षेत्रमा आएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा जिल्लाका ९ पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्