२०८१ श्रावण १२
                           

हेलम्बुमा सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न द्विपक्षीय सम्झौता

जेठ ३, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न द्विपक्षीय सम्झौता गरेको छ । मंगलबार विद्यालयका प्रध्यानध्यापकले शिक्षा अधिकृतसंग गरेको कार्य सम्पादन करार सम्झौता गरेको गाउँपालिकाले जनाएको छ ।
यस गाउँपालिकाको विद्यालयमा अध्ययनरत बालबालिकाहरुको सिकाई उपलब्धी र उत्र्तिण दरमा बढोत्तरी गर्दै शिक्षाको गुणस्तरमा अभिवृद्वि र विद्यालयबाट प्रदान गरिने सेवाहरुलाई शुशासन मैत्री र नतिजामूखि बनाउन सम्झौता गरिएको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी बताए ।हेलम्बु गाउँपालिका शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको नियमित सुपरीवेक्षणमा रही चालु शैक्षिक सत्र २०८१ मा सम्पादनका लागि नयाँ शर्तहरु राखिएको छ ।

‘देहायका उल्लेखित कार्यहरु सम्पादन गर्दछु भनी यस गाउँपालिकाका शिक्षा अधिकृत श्री धनध्वज लामा समक्ष यो कार्य सम्पादन करार सम्झौता गरेको छु ।’ करार सम्झौतामा उल्लेख छ ।शैक्षिक सत्र २०८१ मा कक्षा १–३ को विद्यार्थी सिकाई उपलब्धी दर सतप्रतिशत ,कक्षा ४–१० को विद्यार्थी सिकाई उपलब्धी न्युनतम १० प्रतिशतले वृद्वि गर्ने भनिएको छ ।

यसैगरी सबै तह र कक्षाको विद्यार्थी उत्र्तिण प्रतिशत सतप्रतिशत गर्ने , तोकिएको समयवधी भित्रै विद्यालय सुधार योजना अध्यावधिक र कार्यान्वयन, सामाजिक परिक्षण, लेखापरिक्षण दिवा खाजाको प्रभावकारी व्यवस्थापन, विविध निकायहरुबाट विद्यालयमा प्राप्त भएका बजेट तथा कार्यक्रमरुको समयमै कार्यानव्यन गरी सम्बन्धित निकायमा पेश गर्नुपर्ने कागजात तथा प्रतिवेदन समयमा पेश गर्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्