२०८१ श्रावण १२
                           

प्रथम प्रविण घले स्मृति कप फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली क्लब चौतारालाई

चौतारा – सातादेखि सिन्धुपाल्चोकको चौतारामा चलेको प्रथम प्रविण घले स्मृति कप ७ए साइड फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली क्लब चौताराले जितेको छ । बाह्रदेवी युवा क्लब बाह्रविसेलाई ३–२ गोलले स्तब्ध पार्दै घरेलु क्लब चौतारा उपाधि हात पारेको हो ।

सदरमुकाम चौतारास्थित मिनी रंगशालामा आइतबार सम्पन्न फाइनल खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा रोयलका गोलकिपर नवीन सिलवाल चल्दा उपाधि हात पारेको हो । उनले बाह्रदेवीका तीन खेलाडीको प्रहार रोके । उनले राष्टिय टोलीका सदस्य सुरजज्यू ठकुरीसहितका पेनाल्टीलाई विफल तुल्याएपछि टोलीलाई उपाधि दिलाउन सफल भए ।

उपाधिसँगै बिजेता रोयल फेमिलीले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ हात पारेको छ । उपबिजेता बाह्रदेवीले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारमा चित्त बुझायो ।

यसअघि निर्धारित समयको खेलमा पनि सिलवालले विपक्षीका केही उत्कृष्ट प्रहार शानदार बचाउ गरेर टोलीको संकट टारेका थिए । प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेर पनि बनाएका अवसरमा चुक्दा बाह्रदेवी पेनाल्टीमा स्तब्ध बन्न पुग्यो ।

फाइनलमा म्यान अफ द म्याच प्रदर्शन गरेका रोयल फेमिलीकै सिलवाल प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए । रोयलकै सुनिल गोले उत्कृष्ट खेलाडी, शतिष सुवाल उत्कृष्ट डिफेन्डर चुनिँदा बाह्रदेवीका सुरजज्यू ठकुरी उत्कृष्ट मिडफिल्डर घोषित भए ।

मेलचौर युवा जागरण समाजका सुरज लामा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । क्वाटर फाइनलबाट बाहिरिए पनि उनले प्रतियोगितामा तीन गोल गरेका थिए । उत्कृष्ट खेलाडीले ट्रफीका साथ जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले विजयी टोली तथा खेलाडीहरुलाई ट्रफी, शिल्ड, मेडललगायत नगद पुरस्कार बितरण गरे ।
घले ल्होसारको अवसरमा लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा साता चलेको प्रतियोगितामा शीर्ष लिग र स्थानीय खेलाडी मिश्रित विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

लिल ल्होसारको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलअघि स्थानीय घलेगाउँबाट र्याली टुँडिखेल पुगेको थियो । आफ्नो संस्कृति झल्कने पोसाकसहित घले समुदाय टुँडिखेल पुगो हुन् ।वरकाेबाेट

प्रतिक्रिया दिनुहोस्