२०८१ श्रावण १२
                           

पशु लिप्टिङ मेसिन प्रयोग गरी उपचार

चैत १० ।जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले ठूला जनावरहरूलाई चिकित्सा जाँच, शल्यक्रिया र अन्य उपचार सहज बनाउने ‘पशु लिफ्टिङ मेसिन’ प्रयोग गरेर उपचार सुरु गरेको छ ।

पशुपालनमा किसानलाई सहजिकरणको नीति लिएको नगरपालिकाले यस वर्षदेखि कार्यक्रम सञ्चालन गरेपछि किसान खुसी भएका छन् । नगरपालिकाको पशुसेवा शाखाले वडा नं ४ कुविण्डेका किसानको उठ्न नसकेर थला परेको गाईको उपचारमा मेसीनको प्रयोग गरेको हो ।

किसानलाई भेटेरिनरी उपचारमा सहयोगी सावित हुने मेसिन यसै वर्षबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका पशुसेवा शाखाले जनाएको छ ।

नगरपालिकाको वडा नं ४ स्थित कुविण्डेका किसान दुर्गा प्रसाद सापकोटाको घरमा पालिएको गाईको उपचारमा मेसीनको प्रयोग भएपछि नगरका अन्य किसानले पनि यो उपचार विधिबारे जानकारी पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्