२०८१ श्रावण १२
                           

मेलम्ची शिविरमा महिलाहरुले गरे स्वास्थ्य परिक्षण

जेठ १, सिन्धुपाल्चोक । मेलम्चीमा मंगरबार भएको निशुल्क महिला स्वास्थ्य शिविरमा ५ सय २० जनाले सेवा लिएका छन् । मेलम्ची नगरपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा शिविर भएको हो ।शिविरको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले उद्घाटन गरेका थिए ।

सो शिविरमा आङ खस्ने समस्याका २ सय १०, रिङपेशरी राखेर उपचार गरिएको १४, पाठेघरको सल्यक्रिया गर्नुपर्ने २० जना र ३ सय १० जनाको पाठेघरको मुखको जाँच गरिएको छ ।यस्तै १६ जनाको पाठेघर मुखको क्यान्सरको संकासपद र १ सय ५० जनामा पाठेघरमा संक्रमण भएको पाइएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले बताइन ।

प्रतिक्रिया दिनुहोस्